सिद्धार्थनगरमा अपांगता स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपांगता परीक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न निःशुल्क शारीरिक अपांगता परीक्षण शिविरमा बालबालिकासहित ५३ जनाले सेवा लिएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् ।
शिविरमा अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्रबाट खटिएका अनुभवी चिक्तिसकद्वारा परीक्षण गरिएको थियो । ‘शारीरिक अपांगता भए पनि सर्वसाधरणले अनुभवी स्वास्थ्यकमीद्वारा परीक्षणसमेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भनिन्, ‘शिविर सञ्चालनले सेवा लिएका सर्वसाधरण लाभान्वित भएका छन् ।’
उनले शिविरको क्रममा शारीरिक अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षणपश्चात आवश्यकताअनुसार २० जनालाई अर्थोपेडिक साम्रगी, २ जनालाई व्हिलचेयर, ३ जनालाई वाकर, ४ जना वैशाखी उपलब्ध गराइएको बताइन् ।
‘शिविरमा सेवा लिन आएका व्यक्तिहरूको परीक्षण गर्दा दश जनाको अपरेशन गर्नु पर्ने देखिएको छ’ उनले भनिन्, ‘अब उनीहरूको निःशुल्क अपरेशन हुन्छ, जसका लागि नगरपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउँछौँ ।’
उनका अनुसार उक्त शिविरको परीक्षणमार्फत दुई जनालाई कृत्रिम अंगको आवश्यक देखिएकाले उनीहरूको अंगको नाप लिइएको र कृत्रिम अंगको तयारीपश्चात निःशुल्क उपलब्ध गराइने छ ।
सम्पन्न शिविर १८ वर्षसम्मका शारीरिक अपांगता भएका बालबालिकालाई लक्षित गरिए पनि शिविरमा सेवा लिन आएका सो उमेर समूहभन्दा माथिका सर्वसाधरणलाई सेवा दिइएको सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन् ।
शिविरमा हात र खुट्टासगँ सम्बन्धित शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरू परीक्षणका लागि बढी आएको अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्रको रुपन्देहीका समाजिक परिचालक राजाराम चौधरीले बताए ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया