शुक्रबार, माघ १६, २०८२

गैरकानुनीरुपमा चलिरहेको ‘दुबई घरजग्गा मेला’ मा प्रहरीको छापा

मेरोन्यूज २०७९ माघ ८ गते १८:००

काठमाडौं । सोल्टी होटलमा शनिबारदेखि सुरू भएको दुबई घरजग्गा मेला सकिने बेला प्रहरी रोक्न पुगेको छ । प्रहरी वृत कालिमाटीको टोली विदेशमा घरजग्गा किन्न बन्देज रहेपनि दुबईमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्ने लक्ष्यसहित २ दिनदेखि गुपचुपरुपमा चलिरहेको शोमा आइतबार छापा मारेको हो । नियम विपरित काठमाडौंमा दुबईको घरजग्गा मेला भएको र यसबारेमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले बतायो ।

राष्ट्र बैंकले दुबईको घर बिक्रीको लागि काठमाडौंमा मेला हुने भएपछि सार्वजनिक सूचना जारी गरेर नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लागेको जानकारी दिएको थियो । नेपाल राष्ट्र बैंकले एक सूचनामा विदेशमा घर–जग्गा किन्न, धितोपत्रमा लगानी गर्न, सम्पत्ति खरिद र विदेशी बैंकमा रकम जम्मा गर्न बन्देज गरेको छ । र, यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने जनाएकाे ५ ।

प्रतिक्रिया