शुक्रबार, माघ १६, २०८२

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

मेरोन्यूज २०७९ माघ ९ गते १२:५३

सर्लाही । गोडैता नगरपालिका-३ बेल्वा जब्दीपुलमा ज.१ त ७१३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ६५ वर्षीय कैलाश हजारीको आइतबार दिउँसो मृत्यु भएको छ ।

ट्याक्टरमा उखुलोड गरी खेतबाट बाटोमा निकाल्ने क्रममा ट्याक्टर उफ्रिदा भुइँमा लडेर गम्भीर घाइते भएका उखु काट्ने कामदार कैलाशको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रमममा मृत्यु भएको हो ।

प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुको साथै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया