जनकपुरका दुई युवाको अपहरणपछि हत्या, आफन्तले गरे विरोध प्रदर्शन
काठमाडौँ । जनकपुर धामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध गरेका छन् ।
मृतकका आफन्त र स्थानीयहरूले आफूले मृत्यु हुनभन्दा पहिला प्रहरीलाई खबर गरे पनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन् । १४ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगर ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ का विष्णु साहको अपहरणपछि भारतमा हत्या भएको थियो ।
रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए । तर, परिवारले फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेका थिए ।
भारतीय सीमा गाउँमा उनीहरू दुवैको हत्या भएको थियो । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र शुरुमा २० लाख मागेको जनाएको छ ।
विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छाडेपछि आफन्तले प्रहरीमा खबर गरेका थिए ।
मृतकका मामाले प्रहरीलाई पहिला नै हराएको र अपहरणमा परेको रिपोर्ट दिए पनि प्रहरीले चासो नदिएको आरोप लगाएका छन् । उनले जिल्ला प्रहरी कार्यालय धनुषाको लापरबाहीका कारण आफन्तले ज्यान गुमाउनु परेको बताउँदै आएका छन् ।
उनले प्रहरीले पीडित पक्षले कुनै रिपोर्ट नगरेकाले खोज्न गाह्रो भयो भनेर झुटो कुरा गरिरहेको बताए । उनले अपहरणकारीले पठाएको रेकर्ड अडियो हरेक पटक प्रहरीलाई दिएको दाबी गरे ।
















सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
प्रतिक्रिया