शुक्रबार, माघ १६, २०८२

सशस्त्र प्रहरी दिवसमा प्रधानमन्त्रीले भने : तपाईंहरूको क्रियाशीलताको मुक्तकण्ठले प्रशंसा गर्छु

मेरोन्यूज २०७९ माघ ९ गते १७:२७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा शुभकामना दिएका छन् । दिवसको अवसरमा पुगेका उनले सशस्त्र प्रहरीको कामबारे प्रशंसा गरे ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक संक्रमण कालदेखि विभिन्न अवस्थामा सशस्त्र प्रहरीले शान्तिपूर्ण, निष्पक्ष, भयरहित एवं कुशलतापूर्वक काम गरेको बताए ।

‘०७२ सालको विनाशकारी महाभूकम्पलगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपदमा तपाईहरूले आफ्नो ज्यानको प्रवाह नगरी बहादुरीपूर्वक खटिएर जनताको जीवन रक्षाका लागि कर्तव्यनिष्ठ भएर काम गर्नु भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सीमित साधन स्रोत र चुनौतीबीच सुरक्षा र विपद् व्यवस्थाका क्षेत्रमा तपाईंहरूको क्रियाशीलता र सकारात्मक परिणामको म मुक्तकण्ठले प्रशंसा गर्दछु ।’

उनले नेपाल सरकारको सुशासन र समृद्धिको दीर्घ कालीन लक्ष्यलाई सफल बनाउन इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिए ।

प्रतिक्रिया