काम नपाएपछि साउथ अभिनेता सुधीर वर्माले गरे आत्महत्या

साउथका चर्चित अभिनेता सुधीर वर्माले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार माघ १० गते उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए । स्वास्थ्य बिग्रिएपछि उनले हैदराबादस्थित आफन्तको घरमा गएर विष सेवन गरेको बताएका थिए ।
त्यसयता हैदरावादको उस्मानिया अस्पतालमा उनको उपचार भइरहेको थियो तर उनलाई बचाउन सकिएन । रिपोर्टका अनुसार राम्रो काम नपाएका कारण सुधीर डिप्रेशनमा थिए ।
स्वास्थ्य बिग्रिएपछि उनलाई २१ जनवरीमा विशाखापट्टनमको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचार त्यहीँ चलिरहेको थियो । उनको २३ जनवरीमा निधन भएको थियो । अभिनेता सुधाकर कोमकुलाले सामाजिक सञ्जालमा तस्विर शेयर गर्दै यो जानकारी दिएका हुन् । उनी ३३ वर्षका थिए ।
मिडिया रिपोर्टका अनुसार लामो समयदेखि राम्रो भूमिका र काम नपाएका कारण सुधीर डिप्रेसनमा थिए । जसका कारण उनले आत्महत्याजस्ता कदम उठाए । तर, यसको आधिकारिक कारण भने खुल्न सकेको छैन ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया