राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसबाट आचार्य र एमालेबाट दसौदी उम्मेदवार

दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले र एमालेबाट दाङका कुमार दसौदीले उम्ेमेदवारी दिने भएका छन् ।
दसौदी एमाले केन्द्रीय सदस्य हुन् भने आचार्य कांग्रेस रोल्पाका पूर्वसभापति हुन् ।
माघ २५ मा हुने उपनिर्वाचनका लागि आज बुधबार मनोनयन दर्ताको कार्यतालिका छ।
आचार्य रोल्पाको पूर्व जिल्लासभापति र अहिलेसम्म कुनै लाभको पद नलिएका नेतामध्येमा पर्दछन् ।
एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त सिटमा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनका लागि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता, माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालीका छ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउँछन् । लुम्बिनी प्रदेशमा मतदाता संख्या ३०५ छ। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २–२ तथा राप्रपा र जनता प्रगतिशीलले १–१ स्थानमा जितेका छन्।
प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४–४, जसपा, लोसपा र जनमतले ३–३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १–१ र स्वतन्त्र २ जनाले जितेका छन्।









स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा
जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
दाङको लमहीमा होटल सञ्चालक भेटिए मृत
महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया