उर्फी जावेदलाई आफ्नो पहिरन सेन्सका कारण घर भाडामा पाउन मुस्किल

मुम्बई। आफ्नो फेसनले सबैलाई हैरान बनाउने उर्फी जावेद अहिले नयाँ समस्यामा परेकी छन् । उनले आफ्नो ट्वीटर एकाउण्टमा समस्यालाई फ्यानमाझ सार्वजनिक गरेकी छन् । उनले मुम्बई आफ्ना लागि बस्नका लागि घर पाउन कसरी समस्या परिरहेको छ भन्ने कुरा उल्लेख गरेकी छन् ।
उर्फीका अनुसार केही घर मालिक उनको पहिरन सेन्सका कारण उनलाई घर भाडामा दिन मानिरहेका छैनन् । केही भने उनको विवादास्पद छविले घर दिन अस्वीकार गरिरहेका छन् ।
‘मुस्लिम घर मालिकहरु मेरो पहिरन शैलीका कारण घर दिन मानेका छैनन् । त्यस्तै हिन्दु मालिकहरु मलाई मुस्लिम भएको भन्दै घर दिन मानिरहेका छैनन् । केहीले भने मलाई आइरहने राजनीतिक धम्कीका कारण घर दिन मानिरहेका छैनन्’, उनले ट्वीट गरेकी छन् ।
उर्फी प्रायः आफ्नो कपडाका कारण चर्चामा आइरहन्छिन् । अहिले बस्नका लागि घर खोजिरहेकी उर्फीलाई त्यही कपडा समस्या बनेको छ । त्यहीकारण उनलाई मुम्बईमा घर पाउन समस्या भएको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया