बिहीबार, वैशाख १७, २०८३

निराश व्यक्तिका लागि फेसबुक हानिकारक

मेरोन्यूज २०७९ माघ १२ गते १०:४२

एक मलेसियाली अध्ययनले पत्ता लगाएको छ की फेसबुकको अत्यधिक प्रयोग निराश प्रयोगकर्ताहरूका लागि हानिकारक छ । फेसबुकको धेरै प्रयोगले व्यक्तिको आत्म–मूल्यको भावनालाई कम गर्न सक्ने ‘कम्प्युटर्स इन ह्युमन बिहेभियर’ मा प्रकाशित उक्त नतिजाले सुझाव दिएको छ ।

Advertisement
NiccNicc

फेसबुकको अत्यधिक प्रयोगले डिप्रेसन र मानसिक स्वास्थ्य समस्याहरू हटाउन चिकित्सकीय सहायता लिइरहेका व्यक्तिहरूमा हानिकारक प्रभाव पार्न सक्छ भन्ने सुझाव विगतको अनुसन्धानसँग मिल्दोजुल्दो छ ।

यस प्रकारका अध्ययनहरूबाट प्राप्त निष्कर्षहरूले ’फेसबुक डिप्रेसन’ शब्दलाई जन्म दिएको छ, जसले फेसबुकको लामो समयसम्म प्रयोगको परिणामस्वरूप डिप्रेसनलाई परिभाषित गर्दछ । फेसबुकमा बिताएको समयले नै डिप्रेसनलाई सहयोग नगरेको अध्ययनले देखाएको छ । यसको सट्टा प्लेटफर्मको लतले व्यक्तिको कल्याणको लागि सबैभन्दा हानिकारक देखिन्छ ।

‘हामीले टेक्नोलोजीमा बढ्दो निर्भरता पाएका छौं, किनकि हामी हाम्रो जीवनलाई प्रभावकारी रूपमा बाँच्नको लागि यसमा भर परेका छौ’, अध्ययन लेखक सन ली ली, मोनाश विश्वविद्यालय मलेशियाका मनोविज्ञान लेक्चररले न्यूरोसाइन्स समाचार वेबसाइट साइपोस्टलाई भने ।

प्रतिक्रिया