माेफसल यात्रामा टीम ‘फूलबारी’, विपिनदेखि प्रियंकासम्म
मेरोन्यूज
२०७९ माघ १५ गते १७:१०

काठमाडाैं । आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङद्वारा निर्देशित मल्टीस्टारर फिल्म ‘फूलबारी’ले देशका ७ प्रमुख शहरमा प्रमोसन अभियान सुरु गरेको छ ।
फिल्मको टिमले ‘कलेज क्याम्पियन’, ‘पब्लिक इभेन्ट’ र ‘मिट एण्ड ग्रिट’ जस्ता प्रमोसन कार्यक्रममार्फत् दर्शक भेट्ने छ । गत शुक्रबारदेखि बुटवलबाट सुरु भएको मोफसल प्रचार अभियान माघ २१ गतेसम्म चल्नेछ ।
प्रचारमा कलाकारहरु प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटालगायत सहभागी छन् । शुक्रबार निर्माण टिमले बुटवलको मणि मुकुन्द कलेज, सिद्धार्थ गौतम कलेज, न्यू होराइजन र कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलमा फिल्मको प्रमोसन गरेको थियो।
रामबाबु गुरुङ निर्देशित फिल्ममा विपिन, प्रियंका र शिल्पासहित दयाहाङ राई, मनिष ढकाललगायतको अभिनय छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया