मंगलबार, चैत १०, २०८२

प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो

मेरोन्यूज २०७९ माघ १६ गते ११:०६

काठमाडौं। प्रि-ओपन सेसनमा सोमबार सेयर बजार घटेको छ । यो सेसनमा नेप्से परिसुचक २.२३ अंकले ओरालो लागी २१६६.३१ विन्दुमा आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यससँगै २५ कम्पनीको १५ सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख भन्दाबढीको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने १० कम्पनी घटेको छ । २ कम्पनी भने स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 
 
 

प्रतिक्रिया