मेयर बालेन र गभर्नर अधिकारीबीच भेटवार्ता
मेरोन्यूज
२०७९ माघ १६ गते १७:४५

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्र बैंकका गभर्नस महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । भेटका क्रममा सर्वसाधारणले सहकारीमा बचत गरेको रकम सुरक्षाका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका थिए ।
सोमबार राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर बालेनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महानगर क्षेत्रका सहकारीहरूमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेको महानगरले जनाएको छ ।
मेयर बालेनले सर्वसाधारणको बचत सुरक्षा गर्न काठमाडौं महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको बताए ।
सहकारीहरूमा बचतको सिलिङ सम्बन्धी कानुनी प्रबन्ध गर्न सक्ने गभर्नर अधिकारीको भनाइ थियो । महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैंकले उपलब्ध गराउने उनले बताएका थिए ।
सम्बन्धित
















4 killed, 27 injured in road accident in E. Pakistan
Gold, silver prices decline
उम्मेदवारसँग मतदाताले भने : वन्यजन्तु र मानव द्वन्द्व व्यवस्थापन गर्नुस्
बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया