दाेहाेराे अंकले घट्यो सेयर बजार, झन्डै तीन अर्बको कारोबार

काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । लगातार सेयर बजार घट्नेक्रममा मंगलबार पनि नेप्से परिसूचकमा १५.७४ अंकले ओरालो लागेर २१११.६३ विन्दुमा आएर रोकिएको छ ।
सोमबार नेप्से परिसुचकमा ४१.०१ अंकले ओरालो लागेको थियो । सोही दिन ३ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।
मंगलबार ५७ कम्पनीमा उकालो लागेको छ भने १४८ कम्पनीमा ओरालो लागेको छ । साथै ११ कम्पनी स्थिर छ । २५९ कम्पनीको कारोबार भएको छ । ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्ब ८२ भन्दा बढी रुपैयाँको कारोबार भएको छ ।
रिडी हाइड्रो पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १९ करोड २० लाख बढीरुपैयाँको सेयर बिक्री भएको छ। लुम्बीनी जनरल बिमाको १४ करोड ३७ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । १३ उपसूचकहरु मध्ये हाईड्रोपावरबाहेकका सबै उपसूचकहरु राताम्मै भएको छ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया