सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । लामिछानेलाई बलात्कार आरोपमा पीडित किशोरीले दिएको निवेदनका आधारमा प्रहरीले २० असोजमा पक्राउ गरेको थियो ।
जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएपछि उनी २८ पुसम्म कारागारमा बसेका थिए । २८ पुसमा उच्च अदालत, पाटनले उनलाई २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो ।
२९ पुसमा उनी रिहा भएका थिए ।
महान्यायाधीवक्ताको कार्यालय सन्दीपलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालत गएकाले उनी क्रिकेट टिममा पुन फर्किन पाउँछन् कि पाउँदैनन् भन्ने अन्योलै छ ।















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया