भिभोका चारवटा स्मार्टफोनको मुल्य घट्यो, कुनकाे कति ?

काठमाडौं । भिभोका चारवटा स्मार्टफोनको मुल्य घटेको छ । भिभोका चारवटा स्मार्टफोन भी २३ई, वाई ५३एस, वाई २०एस र वाई १५सी को मुल्य घटेको हो ।
कम्पनीको अनुसार यो नयाँ मूल्य फेब्रुअरी १ तारिखदेखि देशभरका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछन् । यी स्मार्टफोनको नयाँ मूल्य सूची यस प्रकार छन्ः

भिभो नेपालका सीईओ माइकलले भने “भिभोमा, हामी हाम्रा उपभोक्ताहरूको जीवन सुधार गर्न र हाम्रा उत्पादनहरूमा उनीहरूको पहुँच बढाउन निरन्तर लागि परेका छौं । हामी भिभो स्मार्टफोनको मुल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौं । दुबै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।”
भिभो भी २३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । यसमा ८ जीवी र्याम छ र रोममा दुई विकल्पहरू– १२८जीवी र २५६जीवी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक, भी२३ई मा ४०५० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस१२ छ ।
वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ ।
निर्बाध मनोरञ्जन अनुभव सुनिश्चित गर्दै, वाई१५सी मा ६.५१ इन्चको हलो फूलभ्यू डिस्प्ले छ र यसमा आई प्रोटेक्शन, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा लगायत उल्लेखनीय विशेषताहरु समावेश छन् ।
वाई २० एस मा ४जीवी र्याम र १२८ जीवी रोम रहेको छ जुन वाई२० को प्रतिकृति हो । यसमा ८एमपी फ्रन्ट–फेसिङ क्यामेरा र १३एमपी ब्याक क्यामेरा रहेको छ र पर्फमेन्शका लागि स्न्यापड्रेगन ४६० प्रोसेसर र एड्रिनो ६१० जीपीयू मा आधारित छ । यसमा ५००० एमएएच ब्याट्री छ र १८ वाट चार्जिंग रहेको छ ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया