सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भईसकेको छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भईसकेको बताएका छन् । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको समेत बताए ।
ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै नेपालले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो ? भनि प्रश्न समेत गरे । संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे । उनले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको समेत बताए ।
नेपालले भने, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं–खटपट सुरु भईसकेको छ । यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरु कुरामा होइन । देश सही दिशामा अघि बढछ कि बढदैन भन्नेमा छ । संविधानको पालना हुन्छ कि हुँदैन भन्नेमा छ । संसदको रोष्टममा उभिएर संविधानको विरोध गरिएको छ । राजतन्त्रको वकालत गरिएको छ । नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्ने कुरा गरिएको छ । संविधानको उलंघन गर्ने मान्छेहरु सरकारको जिम्मेवारीमा बसिरहेका छन भने त्यसले संकटको सन्देश दिन्छ । त्यसैगरी जसले आफैंले संविधान, कानुन र नियमको पालना गर्दैन । आर्दशको उदाहरण प्रस्तुत गर्दैन । त्यस्ताले के दिन्छन जनतामा सन्देश । यी सबै कुराहरुले गर्दा यो सरकारप्रति, अहिलेका मन्त्रीहरुप्रति मान्छे आशावादी हिजो थिए । अहिले निराश हुन थालेका छन । भोट दिएर जिताउनेहरु नै उनीहरुको विरोधमा बोल्न थालेका छन ।’
नेपालले चुनावपछि सत्ता समीकरणको फेरबदलको रहस्य आफूले बल्ल बुझिरहेको पनि बताए । उनले फेरिएको समीकरणकै कारण मुलुकमा संविधान र व्यवस्थाप्रति जोखिम निम्तिएको बताए ।
‘‘यो चुनावमा लोकप्रियतावादी शक्तिले केही गर्छन् कि भन्ने जनतामा छाप छाडे, चुनावमा नतिजा पनि पाए । तर, अहिले त्यसको परिणाम देखिन थालेको छ,’ उनले भने, ‘मन्त्री पदका लागि कुन तहको आशक्ति देखाइरहेका छन् रु त्यो छताछुल्ल छ । आफ्नो स्वार्थ जोडिएको मन्त्रालय लिएर कसरी शक्तिको दुरुपयोग गरिरहेका छन् ? त्यो पनि छताछुल्ल भएको छ ।’
उनले मुलुकमा कहिलेसम्म यस्तै राजनीतिक तलरता रहिरहने हो भनेर कुनै निश्चितता नरहेको बताए । ‘चुनावअघि एउटा समीकरण थियो, परिणाम आएपछि नयाँ समीकरण बन्यो । वास्तवमा त्यसको कारण के रहेछ भनेर मैले त भर्खरै बुझ्दैछु, देउवाजी र प्रचण्डजीको बीचमा प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने सहमति भएको रहेछ, तर ओलीले देउवाजीलाई प्रचण्डलाई नदिनुहोस्, तपाईंलाई प्रधानमन्त्री बनाउन म सहमति दिन्छु भनेर झुक्याएछन्, अहिले बिहान पनि मैले कांग्रेसका नेताहरूलाई भेटेँ । ओलीले देउवालाई कसरी झुक्याएछन् भनेर म त बल्ल थाहा पाउँदैछु ।’
















प्रतिनिधि सभा निर्वाचनकाे लागि हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया