धितोपत्र बोर्डमा बसेर वित्तीय रुपमा कुनै गल्ती गरेको छैन : अध्यक्ष हमाल

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका छन् ।
सोमवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा हल्ला आएजस्तो आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गरेका हुन् ।
उनले आफूले धितोपत्र बोर्डमा सुधारका तत्काल धेरै काम शुरु गरेपछि चौतर्फी आक्रमण गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाए । उनले आफूले कुनै पनि वित्तीय रुपमा गल्ती गरेको प्रमाण भए कानून अनुसार कारबाही हुने बताए ।
उनले कानून विपरित काम गर्नेलाई कारबाही गरेपछि आफूलाई घेराबन्दीमा पारिएको बताए ।
उनले आफूले कुनै वित्तीय गल्ती गरेको प्रमाण ल्याएमा टुँडिखेलमा गएर झुन्डिन तयार रहेको बताए ।
उनले बोर्डले धितोपत्र बजारमा सुधारका धेरै कामहरुको थालनी गरेको दाबी गरे । उनले नागरिकताको सवालमा आफूसँग नेपाल बाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमति जस्ता कागजात नभएको दाबी गरे ।
उनले भने, मलाई धेराबन्दी गर्न खोजिएको छ । बोर्डको अध्यक्ष भएर आएसँगै बोर्डले गरेका कामको तिब्रतालाई देखेर मेरो चरित्र हत्या गर्न खोजिएको हो । कानूनी राज्य छ मेरो मान्यता के हो भने नागरिकताको सवालमा वा कुनै अनियमिताको कुरामा कानूनी राज्यमा प्रमाण लेगेर कानूनमा गएपछि कानूनले हेर्छ । मैले नेपाली नागरिकता बाहेक कुनैपनि देशको कुनैपनि काल खण्डमा नागरिकता होइन पर्मानेन्ट एडेस समेत लिएको छैन । समाचारमा कुन देशको नागरिकता लिएको हो समेत लेखिएको छैन । कुनै बेस समेत नभएको मान्छेको चरित्रमा हत्या गर्न खोजियो । म चुनौति गर्छु । मैले ५६ वर्षमा जुनसुकै स्थानमा बसेर काम गर्दा गरेको कमजोरी देखियो भने टुँडिखेलमा लगेर झुन्ड्याउँदा हुन्छ । केहीले मसँग विदेशको नागरिकता भएको बताएका छन् । तर उनीहरुले मसँग कुन देशको नागरिकता छ समेत भन्नसकेका छैनन् । मेरोमात्र होइन परिवारका कसैको पनि विदेशी नागरिकता छैन । छोरी बिहे भएर अमेरिकामा छ, उ अमेरिकी नागरिक हो ।’
उनले समयमा नै विवरण नबुझाउने संस्थाहरुलाई तत्काल कारबाही गर्ने बताए । उनले बार्डले जे गरी पनि कुनै कारबाही गर्दैन भने परम्परालाई तोड्दै कारबाही गर्ने थिती अपनाएको बताए ।
उनले हरेक नीतिहरु आउँदा कोही खुशी त कोही दुखी हुने भन्दै राम्रो काम गर्न नडराउने बताए । उनले लगानी कर्ताको हीतको लागि बोर्डले जस्तोसुकै शाहसिक निर्णय लिन तयार रहेको बताए ।
बोर्डका कार्यकारी निर्देशक नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठले नयाँ अध्यक्ष आएको १० महिनामा ३८ वटा संस्थाहरुलाई साधरण शेयर आइपीओ निस्काशन अनुमति पाएको बताए । उनले बोर्डले प्रत्येक महिनाको ४ वटा कम्पनीको दरले आइपीओ निस्कासन अनुमति पाइरहेको बताए ।
उनले १० महिनामा यति धेरै काम गर्दा पनि बोर्डले केही काम नगरेको भन्ने गुनासो आइरहेको बताए ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया