त्रिविले स्नातक तह चौथो वर्षका परीक्षा स्ववीयु निर्वाचन पछि गर्ने (परीक्षा तालिकासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा चेत १२ गतेबाट हुने गरी तालिका प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले स्ववियु निर्वाचनपछि परीक्षा गर्नेगरी शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षाहरुको तालिका प्रकाशन गरेको हो ।
चैत ५ गते स्ववियु निर्वाचन गर्ने त्रिवि कार्यकारी परिषदले निर्णय गरिसकेको छ । त्यसको एक सातापछि परीक्षा गर्नेगरी तालिका प्रकाशन भएको हो ।
यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । तर विद्यार्थीहरुले स्ववियु निर्वाचन लगत्तै परीक्षा सन्चालन गर्नुको सट्टा केही दिन पछि सारिदिन आग्रह गरेका थिए । त्यसपछि पूर्वनिर्धारित मितिभन्दा मिति दुई दिन पछि सारेर त्रिविले परीक्षा तालिका सार्वजनिक गरेको हो । संशोधित तालिका अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सन्चालन हुनेछन् ।
त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरमा २÷२ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका भए पनि यस वर्ष चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय भएको छ ।
२०६५ चैतयता नियमित रूपमा हुन नसकेको स्ववियु निर्वाचन २०७३ चैतमा २६ क्याम्पसमा भएको थियो ।
















विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया