टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्कविहीन

टर्कीमा गएको भूकम्पपछि आफ्ना खेलाडी विंगर क्रिस्टियन अत्सु सम्पर्कविहीन रहेका भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको छ ।
सोमबार टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो । साे भूकम्पबाट करिब ५ हजारले ज्यान गुमाइसकेका छन् । वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको उद्धारकर्मीले जनाएका छन् ।
टर्की सरकारले प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्य जारी रहेको र खेलाडी अत्सुको पनि खोजी भइरहेकाे जनाएकाे छ ।
हटेस्पोरका ३१ वर्षका अत्सुले आइतबार सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए । अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए । घाना फुटबल संघले अत्सुसँग सम्पर्क गर्ने प्रयास भइरहे पनि उनको बारेमा केही खबर नआएको जनाएको छ ।
‘हामी क्रिस्टियन अत्सु सकुशल हुन् भन्ने कामना गर्छौ,’ घाना फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै हामी टर्की र सिरिया भूकम्पबाट प्रभावितहरुको पनि स्वास्थ्य लाभको कामना गर्छौं ।हामी टर्की फुटबल संघ र हटेस्पोरसँग सम्पर्क गर्ने प्रयासमा छौँ । हामी सुखद् खबरको पर्खाइमा छौँ ।’
















पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया