दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरु भएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत डा दिनेश उप्रेतीसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एनजियोप्लाष्टि रिएको हो।
पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसँगै हृदयघात (हर्टअट्याक) भएका बिरामीलाई जिल्लामै सहजै उपचार गर्न सकिने डा देवकोटाले बताए।
उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा यसरी पहिलो पटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि एउटा उपलब्धि हो। यसअघि मुटुको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने अवस्था रहेको थियो।
योसँगै मुटुसम्बन्धी बिरामीलाई थप उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा श्याम लम्सालले बताए। ‘उक्त उपचारका लागि रु १० करोड बराबरका सामग्री ल्याइएको छ । यसरी सामग्री तयारी गरेपछि पहिलो पटक वरिष्ठ मुटुरोग विशेषज्ञ डा देवकोटालाई ल्याएर सेवालाई सुरुआत गरिएको हो’, उनले भने।
प्रतिष्ठानबाट केही दिनअघि एन्जोयोग्राफी सेवा दिइएको थियो। जुन निदानात्मक उपचार थियो भने आज एनियोप्लाष्टी सेवा सुरु गरिएको हो। दाङमै यो सेवा सुरु भएपछि जिल्लाबाहिरका बिरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले बताए।
उनका अनुसार विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृतका लागि निवेदन पठाएकाले सूचीकृत हुने बित्तिकै बिरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुने समेत उनको भनाइ छ। हाल मुटुको उपचारका लागि एक लाखभन्दा बढी खर्च लाग्ने गरेको छ।
जब हृदयघात भएको थाहा भयो…
रोल्पा थवाङ गाउँपालिका–५ निवासी ७५ वर्षीया धनजिता विकको मुटु दुख्ने, सास फेर्न गाह्रो हुने, पेट फुल्ने समस्या हुन्थ्यो। त्यसपछि उपचारका लागि परिवारले दाङका निजी अस्पतालहरूमा पुर्याए। तर, कुनै रोग पत्ता लागेन। गत शुक्रबार प्रतिष्ठानमा मुटुको परीक्षण गरियो, त्यसपछि पत्ता लाग्यो धनजितालाई हृदयघात भएको थियो। त्यसपछि उनको आज एनियोप्लाष्टी गरिएको अस्पताल स्रोतले जनाएको छ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–९ निवासी ७५ बर्षीय गङ्गाधर कँडेलको पनि मुटुमा समस्या भएपछि हृदयघात भएको थियो। त्यो कुरा प्रतिष्ठानमा मुटु जाँच गराएपछि थाहा भएको परवारले बताएका छन्।
उनीहरू दुवै जनाको एनियोप्लाष्टी गरिएको थियो। योसँगै अब नियमित एनियोप्लाष्टी हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा लम्सालले बताए।
















दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया