काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई १३ लाख ९९ हजार जरिवाना

खोटाङ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–सिमपानी (राजापानी) सडक कालोपत्रेको काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई जरिवाना गरिएको छ । महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीलाई निर्धारित समयमा निर्धारित काम गर्न नसकेकामा जरिवाना गरिएको हो ।
पछिल्लोपल्ट भ्याटसहित ३२ लाख पाँच हजार ५०२ रुपैयाँको बिल पेश गरेको निर्माण कम्पनीलाई १३ लाख ९९ हजार ७१९ रुपैयाँ जरिवाना स्वरुप कटाएर भुक्तानी दिइएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका सुचना अधिकारी इन्जिनियर प्रभातकिरण राईले बताए ।
गत मंसिर अन्तिमसम्ममा महुरेदेखि बुईपाको पञ्चरदोबाटोसम्मको ६.५ किलोमिटर पिच गर्न नसकेपछि पुस १ गतेदेखि निर्माण कम्पनीलाई दैनिक जरिवाना गर्न थालिएको हो । भारत कन्ट्रक्सन/सिद्धी शाहीले १४ दिनको जरिवाना तिरेको हो । निर्माण कम्पनीलाई पुसदेखि दैनिक एक लाखको हाराहारीमा जरिवाना लगाउन सुरु गरिएको इन्जिनियर राईले बताए ।
भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।
४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।
















युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया