सफ्टवारिका कलेज र जर्मन कम्पनीबीच साझेदारी, २ सय विद्यार्थीलाई नेपाल र जर्मनीमा आईटी रोजगारी दिने

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई-कमर्स, काठमाडौंले जर्मन कम्पनी एआरआरटीएसएम जीएमबीएच (ARRTSM GmbH) सँग साझेदारी गरेको छ ।
सम्झौता अनुसार जर्मनीको सो टेक कम्पनीले सफ्टवेरिका कलेजका २ सय भन्दा बढी विद्यार्थीहरूलाई नेपाल र जर्मनीमा आईटी क्षेत्रमा रोजगारी दिनेछ ।
एआरआरटीएसएम जीएमबीएच जर्मनको अत्याधुनिक रोबोटिक्स टेक्नोलोजी, इमेज प्रोसेसिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा संयुक्त अनुसन्धान र विकासको क्षेत्रमा पायोनियर कम्पनी हो ।
सफ्टवारिका कलेज र सफ्टएड ग्रुप अफ कम्पनीजका अध्यक्ष विज्ञान श्रेष्ठले सफ्टवारिका कलेज शिक्षामा नवीनतम प्रविधि र व्यावहारिक आधारमा प्राविधिक जनशक्ति विकास गर्न सधैं अग्रपंक्तिमा रहेको बताए ।
उनले भने,’यो पहल हाम्रा आन्तरिक विद्यार्थीहरूका साथै देशभरका प्राविधिक अनुसन्धानकर्ताहरूका लागि नेपालमा उच्चस्तरीय प्राविधिक अनुसन्धान प्रयोगशाला सिर्जना गर्न एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो।’
सफ्टवारिका कलेजका निर्देशक तथा क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीहरूलाई विश्वस्तरीय उत्कृष्ट सिकाइ अनुभव दिलाउनका लिग कलेजले काम गर्दै आएको बताए ।
उनले भने, ‘हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्छौं ताकि हाम्रा विद्यार्थीहरूलाई विश्वभरका उत्कृष्ट प्राविधिक संस्थाहरूसँग सिकाइ अनुभव प्रदान गर्न सकियोस् ।’
उनले यो साझेदारीले विद्यार्थीहरूलाई प्राविधिक शिक्षा र अनुसन्धानका लागि महत्वपूर्ण हुने विश्वास गरे ।
एआरआरटीएसएम जीएमबीएचका प्रमुख कार्यकारी अधिकृत युधिष्ठिर गौलीले यो साझेदारीले नेपालमा प्राविधिक अनुसन्धानलाई अर्को तहमा पुर्याउन यो सम्झौता महत्वपूर्ण भएको बताए ।
उनले भने,’आईटी शिक्षा र अनुसन्धानमा विश्वसनीय ट्रयाक रेकर्ड भएको नेपालको यस्तो प्रतिष्ठित शैक्षिक संस्थासँग साझेदारी गर्न पाउँदा मलाई असाध्यै आनन्द र सन्तुष्टि मिलेको छ, यो साझेदारीले नेपालमा प्राविधिक अनुसन्धानलाई अर्को तहमा पुर्याउने विश्वास लिएको छु ।’
उनले आफू युवा प्रतिभासँग काम गर्न निकै उत्साहित रहेको बताए । उनले भने,’युवा पुस्तालाई प्रविधि हस्तान्तरण हाम्रो सहयोगको मुख्य उद्देश्य हो ।’
यो सम्झौताले भावी पुस्ताका लागि ठूलो अवसर सिर्जना गर्ने उनले बताए ।















अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया