एन आई सी एशिया बैंकले ल्यायो भ्यालेन्टाइन डे अफर

काठमाडौं । एन आई सी एशिया बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरूको लागि ‘सेलिब्रेसन लभ विथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ।
जुन योजना बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो । २०७९ माघ २८ देखि २०७९ फाल्गुन १ ९२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३० सम्म सञ्चालन हुने यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा सो बैंकद्वारा राखिएको क्युआर कोड तथा पीओएस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहक ग्राहकलाई १४ प्रतिशत वा अधिकतम रु।२०० सम्म क्यास ब्याक उपलब्ध हुने बैंकले जनाएको छ ।
साथै, बैंकले यसरी कारोबार गर्ने मध्ये २० जना भाग्यशाली ग्राहकलाई भ्यालेन्टाइन डेको दिन अर्थात् २०७९ फाल्गुन २ ९२०२३ फेब्रुअरी १४० मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाइएको बैंकले जनाएको छ । काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहकहरूको लागि उनीहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइने पनि बैंकले जनाएको ।
यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा सोही बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने मान्यता नदिइने बैंकले जनाएको छ । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया