उद्योगी व्यवसायीहरुले फागुन पाँच गते बैंकविरुद्ध सडक आन्दोलन गर्ने
मेरोन्यूज
२०७९ माघ २९ गते १२:५९

काठमाडौं । उद्योगी व्यवसायीका नौं वटा महासंघ र ३८ वटा संघहरुले बैंकबिरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् । सघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन पाँच गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताएका हुन् ।
व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर बिरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन् । सयुक्त मुल संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादती बिरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताएका छन् ।
समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरुले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरु राख्न बाध्य हुनुपरेको जनाएको छ ।
सम्बन्धित
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया