यातायात मजदुर र सरकारबीचको वार्ता सिंहदरबारमा जारी

काठमाडौं । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारस्थि भौतिक पूर्वाधार तथा यातायातमा वार्ता जारी छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा जारी वार्तामा समस्या समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भइरहेको छ ।
ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरलाई आइतबार नै वातामा बोलाएको थियो ।
वार्ता बढाइएको ट्राफिक जरिवानालगायत मागहरू र आन्दोलन फिर्ता गर्ने विषयमा छलफल केन्द्रित भएको उपप्रधाननमन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।
विभिन्न माग राखेका यातायात मजुदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए । उनीहरू पहिलो दिनमै आगजनी र तोडफोड गरेका थिए ।
सोमबार आन्दोलनकारीले बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गरेका थिए भने आज यातायात मजदुरले सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।
सार्वजनिक सवारी साधन नचल्दा नागरिकले सास्ती व्यहोरिरहेका छन् ।

















आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया