बिहीबार, वैशाख २४, २०८३

टर्की-सिरिया भूकम्पमा मृत्यु हुनेकाे संख्या ३६ हजार नाघ्याे

मेरोन्यूज २०७९ फागुन २ गते १२:५०

टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पले खतरनाक विनाश निम्त्याएको छ । यी दुई देशमा हालसम्म ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यसैबीच, सिरियाली राष्ट्रपति बसर-अल-असदले टर्कीसँग थप दुईवटा सीमा नाका खोल्ने घोषणा गरेका छन्।

Advertisement
NiccNicc

यसमार्फत राष्ट्रसंघले भूकम्पसँग सम्बन्धित राहत सामग्री सिरियामा पठाउन सक्नेछ । देशवासीलाई सहयोग गर्न यी नाका आगामी ३ महिना खुला रहनेछन् । सिरियामा सन् २०११ मा सुरु भएको गृहयुद्धपछि पहिलो पटक यी सीमानाहरू खोलिएको हो।

राष्ट्रसंघका अनुसार सिरियामा ५.३ मिलियन मानिस घरबारविहीन हुन सक्छन् ।

अर्कोतर्फ टर्कीको एक व्यापारिक समूहका अनुसार यो दुर्घटनाबाट देशलाई ८४ अर्ब डलर अर्थात् ६९४६ अर्ब रुपैयाँ नोक्सान हुनसक्छ । जसमध्ये ७०.८ अर्ब डलर भवन मर्मतमा खर्च हुनेछ । सरकारले १०.४ बिलियन डलर गुमाउनेछ। देशभर काम ठप्प हुँदा २ अर्ब ९० करोड डलर नोक्सान हुने भएको छ ।

प्रतिक्रिया