मौसमी प्रणालीको प्रभाव न्यून हुँदा पानी पर्ने सम्भावना देखिएन
मेरोन्यूज
२०७९ फागुन ३ गते ७:१६

काठमाडौं । नेपालामा आज पनि कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा मौसममा सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना न्यून देखिएको छ ।
अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भए पनि देशका बाँकी भू–भागमा मौसम सफा छ ।
दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भाग सफा नै रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम प्रदेश साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने शुक्रबार देशका केही पहाडी भूभागहरूमा आँशिक बदली रहने छ ।
सम्बन्धित















राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया