आइसिसी विश्वकप लिग २ : ३७ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो स्कटल्याण्डले

काठमाडौं । काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज स्कटल्यान्ड र नेपालबीचको खेल जारी छ । स्कटल्याण्डले खराब प्रदर्शन गरेको छ । स्कटल्याण्डले २३ दशमलव दुई ओभरमा चार विकेटट गुमाएर १०९ रन बनाएको छ ।
नेपालका लागि कुशल मल्ल र सन्दीप लामिछानेले समान २/२ विकेट लिएका छन् । कुशल भुर्तेलले एक विकेट लिएका छन् ।
स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो ।
त्रिवि क्रिकेट मैदानमा सुरू खेलमा नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ। नेपालले नामिबियाविरुद्ध खेलेका ललितनारायण राजवंशीलाई बेन्चमा राखेर गुलशन झालाई खेलाइएको छ ।
नेपालबाट कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने प्लेइङ ११ मा छन् ।
आफ्ना अन्तिम तीन खेल अगाडि नै स्कटल्याण्ड च्याम्पियन भइसकेको छ । नेपाल भने घरेलु भूमिमा लगातार दोस्रो जित खोजिरहेको छ ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा नामिबियामाथि कीर्तिमानी जित निकालेको थियो।
२५ खेलबाट २० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ। सिधै ओडीआई जोगाउन नेपाललाई बाँकी एघारमध्ये कम्तीमा आठ खेल जित्नै पर्ने हुन्छ।
च्याम्पियन भएर यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भइसकेको स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।
















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया