शुक्रबार, वैशाख २५, २०८३

टर्की भूकम्पः मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, विश्वभरबाट सहयोगकाे अपील

मेरोन्यूज २०७९ फागुन ५ गते १६:३६

टर्की र सिरियामा गएको भूकम्पको ११ दिन बितिसक्दा पनि मृत्यु हुनेको संख्या बढ्ने क्रम राेकिएकाे छैन । संयुक्त राष्ट्रसंघले टर्कीका जनताका लागि एक अर्ब डलर सङ्कलन गर्न मानवीय अपील गरेको छ। यसैबीच टर्की प्रहरीले सामाजिक सञ्जालमा भूकम्पबारे भड्काउने पोस्ट शेयर गरेर डर र त्रास सिर्जना गरेको अभियोगमा ७८ जनालाई पक्राउ गरेको छ ।

Advertisement
NiccNicc

हालसम्म ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । टर्कीका अधिकारीहरूले ३५,४१८ र सिरियाली सरकारले ५,८०० भन्दा बढीको मृत्यु भएको पुष्टि गरेका छन्। दुवै देशमा राहत र उद्धार कार्य जारी छ । विश्वभरबाट दुवै देशमा सहयोग पठाइँदैछ ।

यसैबीच टर्कीको विपद् व्यवस्थापन एजेन्सीले उद्धार कार्य पूरा गर्न १ लाखभन्दा बढी उद्धारकर्मी सहभागी हुने बताएको छ । यसमा विभिन्न प्रकारका ५ हजार ५ सय सवारी साधन प्रयोग गरिने छ । हालसम्म ९५ देशले टर्कीलाई सहयोगको प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया