आगलागीमा परी मध्य टर्कीमा सात जना भूकम्प पीडितको मृत्यु
काठमाडौँ । टर्किएको मध्य शहर कोन्यामा अस्थायी आश्रयस्थलमा रहेका सात जना भूकम्प पीडितको शुक्रबार आगलागीमा मृत्यु भएको छ ।
यही फेब्रुअरी ६ मा आएको शक्तिशाली भूकम्पबाट बाँचेका ती व्यक्तिहरूले आगलागीमा परी ज्यान गुमाएका छन् । मारिएका सात जना सिरियाली परिवारका सदस्यहरू रहेको बताइएको छ ।
अनाडोलु एजेन्सीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सम्भवतः रातको समयमा विद्युतीय हिटर वा स्टोभमा आएको खराबीका कारण आगो लागेको हुन सक्ने बताएको छ ।
सन् २०११ मा अरब देशमा गृहयुद्ध शुरु भएपछि लाखौं सिरियाली शरणार्थीहरू हाल टर्किएमा बसिरहेका छन् । टर्कीका अधिकांश सिरियालीहरू गरिबीमा बाँचिरहेका छन् । भर्खरै गएको भूकम्पले उनीहरूको पहिलेदेखि नै पीडादायी जीवनमा थप तनाव थपेको छ ।
फेब्रुअरी ६ मा ७।७– र ७।६ म्याग्निच्युडका शक्तिशाली दुईवटा भूकम्पका कारण दक्षिणी तुर्किएमा ३८ हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए ।
















नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया