शुक्रबार, वैशाख १८, २०८३

पूर्वस्वास्थ्यमन्त्री डा मथुराप्रसाद श्रेष्ठको निधन

मेरोन्यूज २०७९ फागुन ८ गते ८:४४

काठमाडौँ । मानव अधिकार आन्दोलनका अगुवा वरिष्ठ वामपन्थी बुद्धिजीवी डा मथुराप्रसाद श्रेष्ठको उपचारका क्रममा निधन भएको छ। पोष्ट कोभिड समस्या भएर अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा भर्ना भएका डा. श्रेष्ठको सोमबार बिहान निधन भएको हो ।

Advertisement
NiccNicc

लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अस्पतालमा निधन भएको उनका छोरा डा जया श्रेष्ठले जानकारी दिए ।

विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बनेका थिए । उनका छ छोरा र एक छोरी छन् ।

८८ बर्षको उमेरमा सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा उनको निधन भएको अन्नपूर्ण न्युरो अस्पतालले जनाएको छ।
डा. श्रेष्ठको निधनमा एमाले अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । परिवारजनमा समवेदनमा पनि ओलीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया