सांसद भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

काठमाण्डौँ । बुद्धनगरस्थित निवासमा मंगलबार राति ग्यास सिलिण्डर विस्फोटबाट घाइते भइ अहिले भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।
उनीसँगै अस्पतालमा रहेका सहयोगी भाधव न्यौपानेका अनुसार उपचारमा खटिएका डाक्टर अमुल मात्रेले पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको जानकारी दिएका छन् ।
भण्डारीको आइतबार दिउँसो छातीको फिजियो गराइएको छ । अनुहारको डढेको कालो छाला झरेर नयाँ पलाउन लागेको जस्तो देखिएको तथा कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको न्यौपानेले जानकारी दिए ।
कृत्रिम अक्सिजनलाई सोमबार (आज) शून्यमा झार्ने र प्राकृतिकरूपमा श्वासप्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डाक्टर मात्रेले बताएको न्यौपानेले जानकारी दिए ।
सांसद भण्डारीले शनिबारदेखि नलीमार्फत् खाना खान सुरु गरेका छन् ।
प्रतिक्रिया