स्कटल्याण्डविरुद्धको खेल : करणको उपलब्धी, रोहितले रचे इतिहास

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्याण्डको आजको खेलमा नेपालका दुई खेलाडीले उपलब्धी हासिल गरेका छन् । अलराउण्डर करण केसीले आफ्नो व्यक्तिगत उपलब्धी हासील गरेका छन् भने कप्ता रोहित पौडेलले इतिहास रचेका छन् ।
आजको खेलबाट नेपाली क्रिकेट टोलीका अलराउन्डर केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । उनले ३२ एक दिवसीय खेलमा ५० विकेट पूरा गरेका हुन् । स्कटल्याण्डविरुद्धको खेलमा माइकल लीस्कलाई आउट गर्दै करणले यो उपलब्धी हात पारेका हुन् ।
यो सँगै करण नेपालका लागि एकदिवसीयमा ५० विकेट लिने तेस्रो बलर बने । यसअघि नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट लिइसकेका छन् । सन्दीपले सन्दीपले ३४ खेलमा ८२ तथा सोमपालले ३५ खेलमा ५२ विकेट लिएका छन् ।
त्यस्तै नेपाली क्रिकेट टिमका कप्तान पौडेल आजको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार चार खेलमा टस जित्ने पहिलो नेपाली कप्तान बन्दै इतिहास रचे ।
यसअघि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय दुई खेलसम्म लगातार टस जितेको थियो । रोहितले यही श्रृंखलाको अघिल्लो तीन खेलमा लगातार टस जितेका थिए । तिनवटै खेलमा नेपाल विजयी भएको थियो ।
रोहितले चारवटै खेलमा टस जितेर पहिला फिल्डिङ रोजेका थिए ।
















राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
प्रतिक्रिया