मधेस प्रदेश हात्तीपाइले रोगको उच्च जोखिममा

धनुषा । मधेस प्रदेशका आठैवटा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । विश्वमा रहेका हात्तीपाइले रोगीमध्ये धेरै रोगी भारतको विहार, उत्तर प्रदेश, झारखण्ड तथा छत्तिसगढजस्ता राज्यमा भएकाले मधेस प्रदेशसहित तराई मधेसका जिल्ला उच्च जोखिममा रहेको हातीपाइले रोगको औषधि खुवाइने अभियानका स्वास्थ्य अधिकृत एवं संयोजक नागेश्वर यादवले बताए ।
जनकपुरधाममा स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले हाल विश्वमा ७२ देशमा हात्तीपाइले रोगी रहेको बताए । उनका अनुसार ती देशमा पाँच करोड १४ लाख हात्तीपाइले रोगका सङ्क्रमित रहेको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख रहेकाले यस रोगलाई सन् २०३० सम्ममा उन्मूलन गर्ने लक्ष्यसहित सङ्क्रमित मुलुकमा सङ्गठनले निःशुल्करुपमा औषधि प्रदान गरेर अभियान सञ्चालन गरिएको हो ।
नेपालमा पनि हात्तीपाइले रोगीको सङ्ख्या ३० हजार रहेको र नेपालमा पाइने रोगीमध्ये धेरै रोगी तराई मधेसका जिल्लामा नै हुने अनुमान गरिएको अधिकृत दासले बताए । मधेस प्रदेशका कतिपय जिल्लामा १० पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदा पनि रोगी फेला पर्न रोकिएको छैन । यस पटक अभियानको रुपमा नै फागुन ११ गतेदेखि स्वास्थ्यकर्मीको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्तीपाइले रोगविरुद्धको तीन प्रकारका औषधि खुवाउन थालिएको स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।
दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडि ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत दासले बताए । धनुषाका १८ वटै पालिकामा एक साथ तीन प्रकारको औषधि मान्छेको उचाइको आधारमा खुवाउन लागिएको स्वास्थ्य कार्यालयका अर्का अधिकृत रामबाबु ठाकुरले जानकारी गराए ।
यस पटक खुवाइने आइभरमेक्सन, डाइफाइक्यावामिर्जान र एल्मेडाजोल निक्कै प्रभावकारी भएको स्वास्थ्य उहाँले बताउनुभयो । एकै पटक उचाइको आधारमा खुवाइन थालेको औषधिको प्रभाव ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य सङ्गठनको अनुसन्धानले पुष्टि गरेको ठाकुरले उल्लेख गरे ।
औषधि खाइसकेपछि माइक्रो फलेरियाको प्रभाव शरीरमा नभएकालाई कुनै प्रकारको स्वास्थ्य समस्या आउने छैन भने यसको जीवाणु प्रवेश गरेको व्यक्तिको हकमा सामान्य तथा धेरै भाइरस भएका व्यक्तिलाई औषधि सेवनपछि केही असर पार्ने भएकाले त्यसको उपचारको सम्पूर्ण प्रबन्ध गरिएको छ । यस्तो प्रभावित हुनेको सङ्ख्या एक लाखमा एक जनासम्म हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
धनुषाको जनक चोकमा फागुन ११ गते औषधि खुवाउने अभियानको थालनी गरिने र औषधिसहितको स्वास्थ्यकर्मी धनुषाको १८ वटै पालिकामा परिचालन गरिएको छ । मधेस प्रदेशका आठवटै जिल्लामा हात्तीपाइले रोगीको सङ्ख्या निक्कै रहेको र यसको विस्तृत सर्भे चैतदेखि सुरु गरिने भएको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
















युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया