शरणका लागि दश लाखको आवेदन

कोरोना महामारीका कारण जारी गरिएको यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ । यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्ष यताकै उच्च हो ।
शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयले सन् २०१६ पछि शरणका निम्ति आवेदन गर्नेको सङ्ख्या ५० प्रतिशतले बढेको छ । उक्त कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत वर्षको अन्त्यमा कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड हटाइएपछि नर्वे र स्विट्जरल्याण्डबाहेक सङ्घमा आवद्ध देशमा दशलाख आप्रवासीले शरणार्थीको दर्जा प्राप्त गर्न आवेदन दर्ता गरेका छन् ।
शरणका लागि सबैभन्दा धेरै सिरियाली र अफगानीले आवेदन गरेका छन् । टर्की, भेनेज्वेला, कोलम्बिया, पाकिस्तान, बङ्गलादेश र जर्जियाका आप्रवासीको आवेदन पनि अधिक परेको छ । रुसी आक्रमणबाट भागेका युक्रेनीको सङ्ख्या तुलनात्मक रुपमा कम छ । युरोपेली सङ्घले उनीहरूलाई छुट्टै अस्थायी सुरक्षा व्यवस्था गरेकाले युक्रेनका थोरै नागरिकले शरणका निम्ति निवेदन गरेका हुन् ।
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया