म्याच फिक्सिङ आरोपमा पक्राउ परेकालाई धरौटीमा छाड्न आदेश
मेरोन्यूज
२०७९ फागुन १० गते १९:३२

काठमाडौं । काठमाडौं जिल्ल अदालतले म्याच फिक्सिङको आरोपमा पक्राउ परेका ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएका हो ।
बुधबार भएको थुनछेक बहसपछि महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्ता, रवि माझी र नविन कँडेललाई न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले धरौटीमा छाड्ने आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेपाउनेले जानकारी दिए ।
उनीहरुलाई ३ लाख रुपैयाँका दरले धरौटी माग गरेर रिहा गर्न अदालतले आदेश दिएको हो । गत पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टि २० लिगमा उनीहरुले स्पट फिक्सिङमा संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया