आजदेखि २५ फागुनसम्म हात्तीपाइले रोगविरुद्धको अभियान सुरु

काठमाडौं । आज देखी हात्तिपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ । ११ फागुनदेखि २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाइले रोगविरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधी सेवन अभियान सुरु हुन लागेको हो । जसअनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधी सेवा अभियान सुरु हुनेछ ।
यसैगरी, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लम्जुङ, पर्वत, बाग्लुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सो अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, बिद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखी यो औषधी खुवाइनेछ ।















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया