राष्ट्रपति निर्वाचन
माधव नेपाललाई अगाडी सार्दा केपी ओलीका तीन रणनीति

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्भावित राष्ट्रपति उम्मेदवारका रुपमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरे । ओलीले यो प्रस्ताव नेपालसँगको भेटमा र प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा अगाडी सारेका हुन् । नेकपा एमालेमै रहँदा सधैका अस्वस्थ प्रतिस्पर्धी नेपालको नाम ओलीले राष्ट्रपति उम्मेदवारको रुपमा प्रस्ताव गरेपछि राजनीतिक बृत एकचरण तरंगित हुन पुग्यो ।
माधव नेपालको पार्टी एकीकृत समाजवादीको बार्गेनिङ पावर यो प्रस्तावले बढाएको छ । त्यहीकारण निर्वाचन ताकाको सत्ता गठबन्धन र फेरि ब्यूताउने प्रयास भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय गठबन्धनमा नेपालको बार्गेनिङ पावर यसले बढाइदिएको छ । तर नेपाल स्वयं ओलीको प्रस्तावमा ढडिया बन्न जान्छन् जान्नन् प्रष्ट खुलेको छैन ।
यो समाचार तयार पारिरहँदा सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माधव नेपालसँग प्रधानमन्त्रीले पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई सँगै राखेर छलफल गरिरहेका छन् । प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादीलाई जता आफू रहे पनि त्यही सँगै लैजान चाहिरहेका छन् । त्यस आधारमा पनि नेपालको पार्टी र नेपालको राष्ट्रपतिबारेको धारणाका विषयमा प्रधानमन्त्रीले अहिले छलफल गरिरहेका छन् ।
तर ओलीले माधव नेपाल र प्रधानमन्त्री प्रचण्डसँगको भेटमा भावी राष्ट्रपतिका रुपमा सुवास नेम्वाङसहित माधव नेपालको नाम किन प्रस्ताव गरे ? यसभित्र मुख्यत तीन अन्तर्य लुकेको एमालेका एक पदाधिकारी विश्लेषण सुनाउँछन् ।
१) कांग्रेस–माओवादीसहितको फेरि ब्यूतिने पाँच दलीय गठबन्धन भत्काउने
राष्ट्रपति चुनाव केन्द्रीत रहेर फेरि कांग्रेस, माओवादी सहितको पूरानै पाँच दलीय गबठन्धन ब्यूतिन सक्ने भय एमाले अध्यक्ष ओलीलाई छ । कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री नछोडदा माओवादी अध्यक्ष प्रचण्डलाई आफूतिर तानेर ओलीले एमाले माओवादीसहितको नयाँ गठबन्धन निर्माण गरेका थिए । तर पुस २६ मा कांग्रेसले समेत संसदमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएयता नै ओली कांग्रेसले ढोक्सा थापेको बुझाइमा छन् ।
त्यसबेलादेखि नै पुस १०मा एमालेलाई राष्ट्रपति छोडन आफैले प्रस्ताव गरेर तयार भएका प्रधानमन्त्री प्रचण्ड कांग्रेसले विश्वासको मत दिएपछि संवैधानिक पदमा राष्ट्रिय सहमतिको वकालतमा लागेका छन् । एमालेलाई राष्ट्रपति दिनेतिर प्रचण्ड सकारात्मक नबनेपछि ओलीले फेरि ब्यूतिन सक्ने पूरानै गठबन्धन भत्काउने योजनाका साथ एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई उनले राष्टपतिमा प्रस्ताव गरेका हुन् ।
यसो गर्दा नहुनु मामा भन्दा … मामा ठिक भनेझै आफनो दलको राष्टपति आउँदै नआउने अवस्थामा अहिलेको केन्द्रदेखि प्रदेशसम्मका सरकार नछोडनका लागि पनि ओलीले कांग्रेसलाई रोकेर आफै सरकारमा टिकिरहनका लागि यस्तो प्रस्ताव गरेका हुन् । माधव नेपाल तयार भए उनको पार्टी एमालेमा गाभेर संसदको ठूलो दल बन्ने र जनुकुनै समयमा सत्ताको नेतृत्वमा पुगने दाउ पेज खाजिरहनका लागि ओलीले नेपाललाई त्यस्तो प्रस्ताव गरेका हुन् ।
२) प्रचण्डलाई कांग्रेसतिर जान नदिने
राष्ट्र«पतिको चुनावमा माओवादीको मत निर्णायक छ । माओवादीलाई कांग्रेसतिर जान नदिनका लागि पनि ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरेका हुन् । नेकपा कालदेखि नै प्रचण्ड, नेपाल हरेक राजनीतिक एजेण्डामा सँगसँगै रहेको र माधव नेपाललाई नै आफूहरुले प्रस्ताव गर्दा प्रचण्ड कांग्रेससँग नजिकिन जान नसक्ने बुझाइमा ओली छन् ।
त्यही भएर उनले नेपाललाई राष्ट्रपतिका रुपमा अगाडी सार्दा एमाले, माओवादी र एकीकृत समाजवादी एकै ठाँउमा रहने वातावरण बन्न सक्ने र त्यस्तो भए आफनो दल सरकारमा रहिरहन सहज वातावरण मिल्ने र राजनीतिको मियो आफै बनिरहन पाउने आशमा ओलीले नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरेको हुनसक्ने नेताहरु बताउँछन् ।
३) प्रचण्ड कांग्रेसतिर गए पनि माधवलाई तानेर गठबन्धन कमजोर बनाउने
ओलीले नेपाललाई राष्टपतिमा प्रस्ताव गरिरहँदा एउटा र्शत भने राखेका छन् । त्यो हो , ‘पार्टी लिएर आऊ, सिंगै पार्टी एमालेमा मिलाऊ र तिमी राष्ट्रपति होऊ।’ यसो भए संसदको ठूलो दल एमाले बन्ने ओलीको बुझाइ छ । एकीकृत समाजवादीमा रहेका सांसद, नेता कार्यकर्ता पूरानै घर एमालेमा फर्काउन पनि सहज हुने र संसद्को ठूलो दल भएपछि सरकारको नेतृत्वका लागि जुनकुनै बेला तयार भएर बस्न पाउने उद्धेश्यले पनि ओलीले नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेका हुन् ।
नेपाललाई मात्रै पनि कांग्रेससँगको गठबन्धनबाट तान्न सकियो भने माओवादी जता लागेपनि उनीहरुको भन्दा रणनीति एमालेकै सफल हुने विश्लेषणका आधारमा ओलीले त्यस्तो प्रस्ताव गरेको एमालेका ती पदाधिकारी बताउँछन् ।
ओलीको प्रस्तावमा नेपाल नै छैनन् विस्वस्त
ओलीले माओवादी बिच्किएपछि जसरी भए पनि माथि उल्लेखित तीन स्वार्थका लागि भए पनि नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेका हुन् । तर नेपाल स्वयं ओलीको प्रस्तावमा विश्वास गरेका छैनन ।
नेकपा समाजवादीलाई समाप्त गरिदिने, त्यसपछि ‘देखा जायेगा’ भन्ने चालअन्तर्गत ओलीले राष्ट्रपतिको कार्ड फ्याँकेका हुन सक्ने बुझाइमा एकीकृत समाजवादीका नेताहरु छन् ।
कथंम कदाचित नेपाल ओलीको ढोक्सा बन्न जान चाहे भने उनले पार्टी एमालेमा मिलाउनु पर्ने शर्त मान्नुपर्ने हुन्छ । यसो गर्दा नेपालको एउटा समुह एमालेसँग समाहित हुन पगे पनि सिंगो एकीकृत समाजवादी एकतामा समाहित हुन जाने अवस्था देखिएको छैन ।
एकीकृत समाजवादीलाई एमालेमा मिलाउने सर्तमा नेपाल राष्ट्रपतिमा निर्वाचित भए भने एकीकृत समाजवादीको एउटा हिस्सा एमालेसँग जोडिन्छ, अर्को हिस्सा बाहिरै रहन्छ। नेपालले नेतृत्व गरेका र उनीप्रति विश्वास भएकाहरू एमालेमा जान सके पनि बाँकी जाने देखिन्न । बाहिर रहेको हिस्सा माओवादीसँग मिल्न पनि सक्छ या आफ्नो स्वतन्त्र अस्तित्व बनाउने प्रयास गरिरहन पनि सक्छ। सिंगै समाजवादी पार्टी एमालेमा मिल्दैन, एकीकृत समाजवादी सग्लो पनि रहँदैन।
यो बुझाईमा माधव नेपाल पनि छन् । बुधबार कांग्रेस सभापति शेरवहादुर देउवाले पनि नेपालसँग एकीकृत समाजवादी संग्लो एमालेतिर नजाने र पार्टीको अस्तित्व नै समाप्त हुनसक्ने खतरा औल्याइदिएका थिए । ओलीले जित्ने अवस्था आउँदासम्म आफ्नै पार्टीका उम्मेदवार उठाउने र हार्ने या पराजित हुने अवस्थामा माओवादीलाई पनि नेपालसँगै जोडाइ राख्नका लागि त्यस्तो प्रस्ताव रणनीतिक कार्डका रुपमा मात्रै फयाँकेका हुनसक्ने विश्लेषण राजनीतिक बृतमा गरिन थालिएको छ ।
ओलीले नेपाललाई आफै पनि राष्ट्रपतिका रुपमा अगाडी सार्न तयार छैनन ।
यस्ता छन् कारण
नेपालको काम गर्ने शैली हेर्दा भोलि उनी ओलीको समर्थनमा राष्ट्रपति भए भने प्रचण्ड र ओली दुवैलाई काम गर्न अप्ठ्यारो पर्नेछ। नेपालले न ओलीले भनेको सबै कुरा मान्छन्, न प्रचण्डले भनेको सबै कुरा मान्छन्। पहिले प्रधानमन्त्री, पार्टी अध्यक्ष र महासचिवसमेत भइसकेको मान्छे भएकाले उनले स्वतः शक्तिको अभ्यास गर्न खोज्छन्।
एमालेमा नेपालको बर्हिगमनपछि आफनो मात्रै एकछत्र राज गर्न सफल भएका ओलीले नेपाललाई संधानिक पदमा स्थान सुरक्षित गराएर शक्तिको आडमा फेरि एमालेभित्र चलखेल गर्न दिने छैनन् । ओलीले यो पनि राम्रोसँग बुझेका छन् ।
नेपाल आफै पनि कांग्रेससहितले मानेमा मात्र उम्मेदवार बन्न इच्छुक देखिएका छन् । तर कांग्रेस या माओवादी एउटा मात्रै अलग रहेर खोजिने राष्टिय सहमतिमा नेपाल उम्मेदवार बन्ने हिम्मत गर्नेवाला छैनन् ।










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रतिक्रिया