खेलाडीलाई नियन्त्रण नगरेको भन्दै आर्सनल र म्यानचेस्टरलाई जरिवाना

काठमाडाैं। फुटबल संघ (एफए) ले इंग्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ ।
गत महिना इमिरेट्स स्टेडियममा प्रिमियर लिग अन्तरगतको खेलमा आफ्ना खेलाडीहरूलाई नियन्त्रण गर्न असफल भएको भन्दै एफएले दुवै क्लबलाई जरिवाना गरेको हो ।
आर्सनललाई ६५ हजार पाउन्ड र सिटीलाई ७५ हजार पाउण्ड जरिवाना गरिएको एफएले जनाएको छ।
आर्सनलले एफए कपमा अक्सफोर्ड युनाइटेडविरुद्ध खेलमा पनि अनुशासन कायम नगरेको भन्दै थप २० हजार पाउन्ड जरिवाना तोकिएको छ ।
आर्सनल र सिटीले खेलको दौरान विभिन्न समयमा रेफ्री एन्थोनी टेलरलाई घेरेको अभियोगनमा उक्त जरिवाना तोकिएको हो ।
सिटीले खेल ३–१ ले आफ्नो पक्षमा पारेको थियो तर सिटीका एर्लिङ ब्राउट हालान्डले पेनाल्टी पाएपछि आर्सनलले विरोध गरेको थियो, यो निर्णय भिएआरले उल्ट्याएको थियो ।
एडरसनको चुनौती र पछि एडी एकेटियाहलाई फाउल गरेपछि आर्सनललाई पहिलो हाफमा पेनाल्टी दिने निर्णयमा पनि सिटी असन्तुष्ट बन्दै रेफ्रीको आलोचना गरेको थियो । सो आलोचना पछि टोली माथी छानबिन भएको थियो ।
आर्सनल २३ खेलबाट ५४ अंक जोडेर शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी २४ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया