दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा थापामगर सर्वसम्मत

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत बनेकी हुन् । उनी प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा थिइन् ।
लोक तथा दोहोरी क्षेत्रमा दशकअघिदेखि तल्लीन थापामगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत भएका छन् । सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
सात जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्षमा पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, शङ्कर विसी र तारापति सुवेदीको उम्मेदवारी परेको छ ।
प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत बनेका छन् । उपमहासचिवमा हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (साङ्गठनिक) र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै, महिला सचिवमा जमुना राना सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेशबाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेदवारी परेको छ । तीन जनाको खुला सचिव पदमा पनि पाँच र दुई जनाको तथा सहकोषाध्यक्ष (खुला) पदमा तीन जनाको उम्मेदवारी परेको छ ।
सबै पदमा केही दिनअघिदेखि नै सर्वसम्मतको प्रयास भएको थियो । खुला उपाध्यक्ष, भूगोल सचिवतर्फ गण्डकी प्रदेश, खुला सचिव, खुला सहकोषाध्यक्ष पदबाहेक पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन भने गरिसकेको छैन । सर्वसम्मत नभएका यी पदमा परेका उम्मेदवारी फिर्ता लिने समयसम्ममा पदाधिकारीको सबै पद सर्वसम्मत हुनसक्ने बताइएको छ ।
यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्य समिति चयन गर्नेछ । शुक्रबार राति नै मनोनयन दर्ता खुला गर्ने कार्य तालिका भए पनि सर्वसम्मतको कसरतले आज दिउँसो १२ बजेपछि मात्रै मनोनयन खुला गरिएको थियो । सर्वसम्मत नभएका पदको आज अबेरसम्म भए पनि मतदान गराइने निर्वाचन समितिले जनाएको छ ।


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया