अष्ट्रेलियाले जित्यो महिला ट्वान्टी-२० विश्वकपको उपाधि

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । उसले उपाधिमा दोस्रोपटक ह्याट्रिक गरेको छ। दक्षिण अफ्रिकाको केप टाउनमा आइतबार सम्पन्न फाइनलमा घरेलु टोली १९ रनले हराउँदै अस्ट्रेलियाले छैठौ पटक विश्वकपको उपाधि जितेको हो।
साबिक विजेतासमेत रहेको अष्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनायो।
दक्षिण अफ्रिकाका लागि लोरा वालभाल्टले ४८ बलमा ६१ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरिन्। चलोइ ट्रायोनले २५ तथा मरिजानी कप्पाले ११ रन बनाइन्।
अष्ट्रेलियाका लागि जीस जोनासेन,ड्रासिक ब्राउन,मिगान स्कुट र एशले गार्डनिरले समान १।१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि बेथ मुन्नीले ५३ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७४ रन बनाइन् । एशले गार्डनिर २९ रनमा आउट हुँदा अस्लेसा हिल्लीले १८ रन बनाइन् ।
दक्षिण अफ्रिकाका लागि मरिजानी कप्पा र शबनिम स्मालीले समान २।२ विकेट लिए ।
सन् २००९ देखि सुरु भएको विश्वकपको आठ संस्करण समाप्त हुँदा अस्ट्रेलियाले ६ संस्करणको उपाधि जितेको छ। पहिलो संस्करणबाहेक सबै संस्करणको फाइनल खेलेको अस्ट्रेलियाले सन् २०१०, २०१२ र २०१४ को उपाधि जित्दै ह्याट्रिक गरेको थियो।
यस्तै सन् २०१६ को विश्वकपको फाइनलमा वेस्ट इन्डिजसँग पराजित भएको अस्ट्रेलियाले त्यसपछि भने सन् २०१८, २०२० र अहिले २०२३ को उपाधि जित्दै विश्वकपमा दोस्रोपटक ह्याट्रिक गरेको हो।

















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया