हङकङले नेपाललाई दियो १२१ रनको लक्ष्य
मेरोन्यूज
२०७९ फागुन १५ गते १४:२४

काठमाडाैं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा हङकङविरुद्धको खेल जित्न १ सय २१ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा १ सय २० रनमै अलआउट भएकाे हाे ।
हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । मोहम्मद अलियान जाहिरले ६७ बलमा २९ रन बनाए ।
हङकङका लागि पाँचौ विकेटमा भागवत र जाहिरले ४७ रन जाेडे । आहन त्रिवेदी ११ रनमा रनआउट भए ।
नेपालको बलिङमा हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । उनले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिए ।
आकाश चन्द ले ८.३ ओभरमा २ विकेट लिँदा सुवास भण्डारीले १० ओभरमा दुई विकेट लिए । उप कप्तान दीपेश कँडेलले एक विकेट लिए ।
सम्बन्धित
















टेनिस टोली श्रीलंका प्रस्थान
छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्यामा सुधार
शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
Senior-most member KC administers oath to newly elected HoR members
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया