यू–१९ विश्वकप छनोटः नेपालकाे लगातार चौथो जित, युएईलाई जिते विश्वकप खेल्ने
मेरोन्यूज
२०७९ फागुन १६ गते १४:२३

काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार चौथो जित निकालेकाे छ । मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो ।
नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् ।
टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अल आउट भयो । नेपालका दीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो भने तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।
नेपाल र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेता टोलीले विश्वकप खेल्नेछ।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया