नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछः प्रधानमन्त्री
मेरोन्यूज
२०७९ फागुन १७ गते १७:४८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन् । आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा। ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालको जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरुप्रति सन्तोष व्यक्त गर्नुभयो । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ ।
सम्बन्धित
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया