आइतबार, माघ १८, २०८२

सशस्त्र प्रहरीद्वारा काठको कोइलासहित तीन वटा ट्याक्टर नियन्त्रण

मेरोन्यूज २०७९ फागुन १८ गते १४:४१

काठमाडौँ । पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका ४ हर्कपुराबाट फागुन १८ गते सशस्त्र प्रहरीले करिब १५ लाख ९८ हजार रुपैयाँ बराबरको काठको कोइला र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

भन्सार छली अवैध रुपले लु २ त १९०५, लु २ त ५४०९ र लु २ त १९११ नम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त कोइला तथा ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजाहाले नियन्त्रणमा लिएको हो । ट्याक्टर जाँच गर्ने क्रममा उक्त ट्याक्टरका चालक भने फरार भएका थिए ।

नियन्त्रणमा लिइएको कोइलासहितको तीन वटा ट्याक्टर आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया