पिएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता
पिएनजीले १८ ओभर सकिदा दुई विकेट गुमाएर ७४ रन बनाएको छ

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिले फिल्डिङ गरिरहेको नेपालले दुई विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछाने र कुशल मल्लले एक एक विकेट लिएका हुन् ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभर ३ बलमा एक विकेट लिएका छन् ।
मल्लले १८ ओभर ३ बलमा विकेट लिएका हुन् ।
पिएनजीले १८ ओभर सकिदा दुई विकेट गुमाएर ७४ रन बनाएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पिएनजीविरूद्ध नेपालले टोलीमा एक परिवर्तन गर्दै तीव्र गतिका बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई मौका दिएको छ।
नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ। शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले ६ मध्ये ४ खेल जित्नु पर्नेछ ।
बिहीबार घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको नेपालले युएईमै पहिलो खेलमा पिएनजीलाई हराएको थियो।
नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ। पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ।
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो र नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छन् ।
रोहित पौडेलको कप्तानीमा खेलिरहेको नेपालबाट दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की,, कुशल मल्ल, सन्दीप लामिछाने र आरिफ शेख खेलिरहेका छन् ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया