अबैध व्यापारले नेपाली उद्योगी व्यवसायी संकटमा, धैर्य गर्न महासंघकाे आग्रह

भैरहवा । रुपन्देहीका उद्योगी व्यवसायीले खुला सिमाका कारण व्यवसायमा ठूलो असर परेको बन्दै केन्द्रिय स्तरबाट सिमा व्यवस्थापन गर्नुपर्ने बताएका छन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै उद्योगी व्यवसायीहरुले अहिले को विषम परिस्थितीमा पनि सरकारले उद्योगी व्यवसायीलाई नजरअन्दाज गर्दै हेर्ने दृष्टिमा परिवर्तन नआएकोे बताए । उनीहरुले खुला सिमामका कारण भइरहेको अबैध कारोबारले नेपाली उद्योगी व्यवसायी संकटमा परेकोले सिमा नाकालाई व्यवस्थित गर्दै सिमाबाट हुने अबैध व्यापारले सिमावारिका बजारका व्यवसायीहरुलाई पारेको प्रभावलाई कम गर्ने गरी ठोस नीति अवलम्वन गर्नुपर्ने बताए ।
नियम पूर्वक भन्सार गरेर आएका सामानले अबैध समानासँग प्रतिस्पर्धा गर्न असम्भव भएकोले बेलहिया भन्सार नाकालगायत जिल्लाको प्रत्येक खुला सिमाना र नवलपरासी तथा कपिलवस्तु जिल्लाको सिमानाबाट समेत बढी संख्यात्मक मात्रामा अबैध सामान भित्रिदा एकातिर सीमा वारीका व्यवसाय शुन्य भएको र सरकारको राजश्व समेत कम उठेकोले यस्मा सरकार गम्भिर हुनु पर्ने बताए । सम्भावना देखेर राज्यले गरेको लगानी भन्दा बढि कयौँ गुणा लगानी निजी क्षेत्रले जोखिम मोलेर गरेपनि सरकारको उदासिनताका कारण निजी क्षेत्रको लगानी धरापमा पर्ने गरेको उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले केही समय आर्थिक अवस्थामा संकट परेकोले सधै यस्तै नरहने औल्याउदै उद्योगी व्यवसायी नआत्ति धैर्य गर्न आग्रह गरे । नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह आवश्यक रहेको बताउदै उद्योगी व्यवसायीको हकहितमा महासंघ लागिपर्ने भएकोले बैंकहरुले बचतमा ब्याजदर बढाएकै कारणले अहिलेको अवश्था आएकोले घटाउने तर्फ महासंघ लागेकाे बताए । हामीले पटक पटक बचतमा ब्यजदर नबढाउन माग गरिरहेका छाै अहिले बैंकको ब्याज नतिर्ने भन्ने सन्देश जनस्तरमै गएको बताउदै उनले निजि क्षेत्र यसमा नलाग्न आग्रह गरे ।
उत्पादनमूलक व्यवसायलाई अन्य उद्योग भन्दा कम व्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र औद्योगिक विकास र उत्पादनमूलक उद्योग स्थापनामा सरकारबाट ठोस कदम चाल्नुपर्ने, राष्ट्रबैंकको यर्थाथपरक नितिको अभावले कर्जा र तरलतामा समस्या देखिएकोले ध्यान दिनु पर्ने, बैंक तथा वित्तिय संस्थाद्वारा कर्जाको व्याजदरमा मनोमानी तवरले वृद्धि गर्दै आएका छन् यसलाई नियन्त्रण गर्नुपर्ने, पर्यटकिय हिसाव तथा अन्तराष्ट्रिय बिमानस्थल संचलानलाई मध्येजनजर गरी रुपन्देही जिल्ला भित्र रात्रीकालीन बजार एवम् सवारी साधन सञ्चालनको व्यवस्थित गर्नुपर्ने, स्थानीय, प्रादेशीक एवं संघिय सरकारद्वारा लागू गरिएका कर एकीकृत रुपमा एकद्वार प्रणाली मार्फत दाखिला गर्ने व्यवस्था मिलाइउनु पर्ने ब्यावसायीकाे माग छ ।,
जिल्ला सदरमुकाममा रहेको भीम अस्पतालको सेवा प्रवाह र आवश्यक पूर्वाधार तथा थप स्तोरउन्नती सहित कम्तीमा १५० सैयाको अस्पतालको रुपमा विकसित गरी अन्तराष्ट्रिय विमानस्थलको दिगो संचालन, लुम्बिनीको पर्यटकिय विकास एवं यस क्षेत्रको समग्र आर्थिक विकासको लागि विमानस्थल निरन्तर संचालन र राष्ट्रिय ध्वजावाहक विमानहरुबाट उडानसंचालन गर्न जोड दिए । निर्माणको सुरुवात हुन लागेको आएसीपी छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि पहल गर्नुपर्ने, निमार्ण जन्य सामाग्री उत्खनन् गरी निर्यात बाट देशको बढ्दो व्यापार घाटामा कमी ल्याउन सकिने भएकोले यस तर्फ पनि सरकारले ध्यान दिनु पर्ने अध्यक्ष न्यौपानेले भने ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया