ओखलढुंगा दुर्घटनाका घाइतेको तीब्र उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खोखलढुंगाको चिसंखुगढीमा भएको दुर्घटनामा घाइते भएकाको तीव्र उद्धारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले हेलिकोप्टरबाट घाइतेको उद्धार गर्न नेपाली सेनाले सुरु गरिसकेको पनि बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री दाहालले दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको तीब्र उद्धार गर्न निर्देशन दिएको बताएका छन् ।
‘ओखलढुंगाको चिशंखुगढी गाउँपालिका दियालेमा भएको सवारी दुर्घटनाप्रति दुख व्यक्त गर्दछु । घाइतेहरूलाई तत्काल हेलिकप्टरमार्फत् उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएको छ,’ प्रधानमन्त्री दाहालले ट्वीटरमा लेखेका छन्, ‘मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीब्र उद्धार कार्यका लागि निर्देशन दिएको छु ।’
ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ दियालेमा आइतबार बिहान एउटा यात्रुबहाक जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ।
ओखलढुंगाकी प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारकिा अनुसार सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा ७ जथना घाइते भएका र ती मध्य ५ जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी कुमारीले जानकारी दिइन् ।
ओखलढुंगाको बिशंखुगढी गाउँपालिका दियालेमा भएको सवारी दुर्घटनाप्रति दुख व्यक्त गर्दछु । घाइतेहरूलाई तत्काल हेलिकप्टरमार्फत् उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएको छ । मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीब्र उद्धार कार्यका लागि निर्देशन दिएको छु ।
— ☭ Comrade Prachanda (@cmprachanda) March 5, 2023
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया