पक्राउ गर्न घरमा प्रहरी आएपछि भागे इमरान खान

तोशखाना काण्डमा पाकिस्तानी पुर्ब प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन् ।
आईतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पुर्व प्रधानमन्त्री इमरान खान नभेटिए पछि प्रहरी टोली रित्तै फर्केको छ । अदालतमा हाजिर हुनु तीन दिन अघि इस्लामबाद प्रहरी खानको घरमा पुगेको हो ।
पाकिस्तानी सञ्चारमाध्यमहरुले इमरान खान माथी मनौबैज्ञानिक त्रासको दबाब दिन पाकिस्तानी सरकारले खानको घरमा प्रहरी पठाएको बताएका छन् ।
इस्लामाबाद प्रहरीले ट्वीट गर्दै उनको कोठामा पुग्दा इमरान त्यहाँ नभएका बताएको छ । त्यसपछि उनको घरमा सुचना दिएर पाकिस्तानी प्रहरी फर्किएको छ ।
ट्विटमा भनिएको छ, ‘पक्राउ गर्ने नै उद्देश्यले गएको होइन । यदि यसो गर्ने हो भने कुनै शक्तिले हामीलाई रोक्न सक्दैन । हामीले इमरानलाई नभेटी फर्कनु परेको छ ।’
प्रहरी आफनो घरमा आएपछि इमरान खानले ट्वीट गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र पूर्वसेना प्रमुख जनरल बाजवा माथि गम्भिर रुपमा आक्रोश पोखेका छन् ।
प्रहरी घरमा आए पछि खानको प्रतिक्रिया छ,, ‘बदमासलाई शासक बनाएको देशको भविष्य के होला ? ‘
यसअघि इस्लामावाद प्रहरीले इमरान खान पक्राउबाट बच्न निकै प्रयास गरिरहेको ट्विट गरेको थियो । इमरान खान पर्सी अर्थात मार्च ७ मा इस्लामावाद अदालतमा हाजिर हुनु पर्ने गरी एउटा अदालतकाे आदेश छ।
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया