शनिबार, जेठ ३, २०८२

माधव नेपालका भाइ उपाध्यायको शव २ घण्टा पार्टी कार्यालय आलोकनगरमा राखिने

मेरोन्यूज २०७९ फागुन २२ गते १२:२३

काठमाडौँ ।नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय कमिटी सदस्य इन्जिनियर सरोजकुमार उपाध्यायको पार्थिक शरीरलाई अन्तिम श्रद्धान्जलीको लागि आज दिउॅसो १ देखि ३ बजेसम्म दुई घण्टा पार्टी केन्द्रीय कार्यालय, आलोकनगर तिनकुनेमा राखिने भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार आजै ४ बजे पशुपति आर्यघाटमा उपाध्यायको अन्तिम सॅस्कार गरिनेछ ।

उपाध्याय एकीकृत समाजवादीका पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुन् । स्वर्गीय उपाध्यायका दुई छोरीहरु बिहान ११ः४० बजे विदेशबाट काठमाडौं आइपुगेका छन् ।

उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । खसेपछि उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।

त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको थियो । अन्नपूर्ण अस्पतालमा उनको उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया